kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

ram krishna dhakal – ma huri ma كلمات اغاني

Loading...

[chorus]
म हुरीमा दियो जलेको देख्छु
म हुरीमा दियो जलेको देख्छु
पानीमा आगो बलेको देख्छु
म पागल भएँ कि यहाँ, हिमान हरायो
मायाले माया नै छलेको देख्छु
म हुरीमा दियो जलेको देख्छु

[verse 1]
मुना मरेकी मदनका कुरा
यहाँ साँचो पिरती सबै अधुरा
हो, मुना मरेकी मदनका कुरा
यहाँ साँचो पिरती सबै अधुरा
एउटाको सिन्दुर अर्कैको चुरा
मुखैमा राम_राम कोखैमा छुरा

[chorus]
म आगोमा प्रह्लाद जलेको देख्छु
पूर्वैमा सुर्य ढलेको देख्छु
म पागल भएँ कि यहाँ, हिमान हरायो
सीताले राम नै छलेको देख्छु
म हुरीमा दियो जलेको देख्छु

[verse 2]
मनभित्र मान्छे खै पस्छ कसरी?
मुटुभित्रै छ भन्छन् खै बस्छ कसरी?
हो, मनभित्र मान्छे खै पस्छ कसरी?
मुटुभित्रै छ भन्छन् खै बस्छ कसरी?
आफै बसेको त्यो कोमल मुटुमा
धारिलो छुरा खै धस्छ कसरी?
[chorus]
म त्रिशूली उल्टो बगेको देख्छु
ईश्वरको शक्ति डगेको देख्छु
म पागल भएँकि यहाँ, हिमान हरायो
आमाले सन्तान ठगेको देख्छु
म हुरीमा दियो जलेको देख्छु
पानीमा आगो बलेको देख्छु
म पागल भएँ कि यहाँ, हिमान हरायो
मायाले माया नै छलेको देख्छु
म हुरीमा दियो जलेको देख्छु

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...