kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

bartika eam rai – samjhana (ma) كلمات اغاني

Loading...

[verse 1]
बाटो छुटेदेखि कस्तो-कस्तो संसार तिमीले एक्लै देख्यौ होला—सबैभन्दा टाढा
कति फेरी-फेरी यहिं एउटा जीवन
कति थरि बाच्यौ होला, छ कसलाई थाहा?
दुःखकै कुरा गर्ने हो भने
साँझ हैन धेरै साँझ चाहिन्छ, तिमीलाई थाहा छ
झुटो नबोली खुला सत्य बोल्ने हो भने
कति आँसु बग्नेछन् यहाँ, तिमीलाई थाहा छ

[chorus]
सम्झनामा म सधैँ हाँसीरहु
सम्झनामा तिमी सधैँ हाँसीरह

[verse 2]
अनि ए साथी भेट भयो, आज कति वर्षपछि?
माईला दाईको रेडियोमा सँगै गीत गाईहिड्थे
हुने हो म गायिका भन्दै हिड्थे म
तैँले बुनिदिएको सपना पछ्याउँदै आईपुगे यहाँसम्म
सपनाको झोला बोकी आकाश चुम्ने साहस लिँदै
ठूलो मान्छे बन्ने हू म भन्दै गाथ्यिस् तँ
एकचोटी पनि नफर्किकन उडीहालिस् त्यहि ठूलो जहाजमा

[chorus]
सम्झनामा म सधैँ हाँसीरहु
सम्झनामा तिमी सधैँ हाँसीरह

[bridge]
सिकेकै कुरा गर्ने हो भने
यथार्थदेखि रहेछ सोच कति पर
भोगेकै कुरा साट्ने हो भने
कति आँसु बग्नेछन् यहाँ, तिमीलाई थाहा छ

[chorus]
सम्झनामा म सधैँ हाँसीरहु
सम्झनामा तिमी सधैँ हाँसीरह

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...