
symfamous - naya din كلمات أغنية
[verse 1]
केही नयाँ गर्ने सोच तर बानी तिनै पुराना
खोला तर्दा बीचमै अड्के म त खोज्दै छु किनारा
चञ्चल मेरो मन छ
काम सबै भुली आज रमाइलो गरुम भन्छ
तर मलाई थाह छ हामी सित समय कम छ
त्यसैले होस् पुर्याउनु पर्छ गर्दा त्यसलाई खर्च
बगेको खोला फर्केर कहिले आएन
अरूको पछि लागी कोहीले आफुलाई भेटाएन
जीवनको यथार्थ हाम्रो सोचाई भन्दा भिन्न
खुसी बाहेक अरु सबै कुरा मिल्छ किन्न
आफ्नो बुद्धि विवेकलाई म खेर जान दिन्न
अरूले बनाएको बाटो छैन मलाई हिन्न
किनकि म त आफ्नै मर्जीको मालिक
आफ्ना निर्णयहरु आफैबाट हुन्छं पारित
मेरा गीतहरू आफ्नै भोगाईमा आधारित
सुनिदिने सबै प्रति सधैं हुनेछु आभारी (ahh)
[chorus]
नयाँ दिन, नयाँ सपना
नयाँ इच्छा चाहना
बोकी हिँडे म त
अब आफ्नै बाटोमा
[post_chorus]
ला ला ला ला ला ला
ला ला ला ला ला ला
ला ला ला ला ला ला
ला ला ला ला ला ला
[verse 2]
सयौँ थरी विचार मेरो दिमाग भित्र खेल्छ
मन भित्र चाहिँ मेरो भावनाको भेल छ
जीवनको यो चौबाटोमा अलपत्रमा परे
यो दौडमा सबै अघि म मात्र पछि परे
ढिलो चाँडो गन्तव्यमा पुग्ने आशा छ
हार मान्दिन आफू सित गर्या बाचा छ
धेरै चोटि लडेर बल्ल उठ्न सिकेको छु
डरको सामना गरेर बल्ल त्यसलाई जितेको छु
अल्छिपनको जालबाट बल्ल उम्केको छु
हार खाएपछि जितको महत्व बुझेको छु
नयाँ सोच बोकी अझै बढ्दै आजभोलि
विगत भन्दा भविष्य भिन्न बनाउने आशा बोकी
बाहनाको डोरी समातेर बस्दिन
काम सबै आजै गर्छु भोलिलाई पर्खिन्न
चुनौती सामना गर्छु पछि हट्दिन
हिँड्दै आफ्नो बाटो अब कहिले पछि फर्किन्न
[chorus]
नयाँ दिन, नयाँ सपना
नयाँ इच्छा चाहना
बोकी हिँडे म त
अब आफ्नै बाटोमा
[post_chorus]
ला ला ला ला ला ला
ला ला ला ला ला ला
ला ला ला ला ला ला
ला ला ला ला ला ला
كلمات أغنية عشوائية
- mjpaid & fordio - intoxicated كلمات أغنية
- richard neumann - find you كلمات أغنية
- nekx - без повода (for no reason) كلمات أغنية
- pretty archie - cryin' and howlin' كلمات أغنية
- saga (can) - see them smile كلمات أغنية
- amy speace - if you fall كلمات أغنية
- jomie, zaini - disappointing eyes كلمات أغنية
- vvain - outro كلمات أغنية
- the outhere brothers - don’t stop (wiggle wiggle) (townhouse radio edit) كلمات أغنية
- knife bride - sacrifice/surrender كلمات أغنية