
symfamous - daudidaichha كلمات أغنية
[chorus]
दौडिदैछ, दौडिदैछ
कहाँ जाने थाहा छैन
दौडिदैछ, दौडिदैछ
कहाँ जाने थाहा छैन
[verse 1]
हावाको वेगजस्तै कहिले एता कहिले उता
अरूले बनाएको बाटो हिँड्दै थक्यो उसको खुट्टा
फाट्यो उसको जुत्ता, सक्यो उसको ऊर्जा
यथार्थलाई निहाल्दै उ त पार्यौ आज मुर्छा
आफ्नो सपना उसले अरूको लागि त्यागेको
साँस भने आफ्नै, जिन्दगी अरूको बाँचेको
प्रयास गर्नु अगाडि नै दस पल्ट हापेको
जीवनको बाटो मा हिँड्नु अघि नै उ थाकेको
बुनेको सपना आज उध्री गएछ
भोलि गर्छु भन्दा, भोलि आज नै पो भएछ
अरूको कुरा सुन्दा आफ्नै बोली बिर्सेछ
आदि जीवन उसको ऋण तिर्दै सिद्येछ
पछाडि फर्किन अब धेरै ढिला भइसक्यो
उसको डुङ्गा त्यहीको त्यही, खोला बगी गइसक्यो
के गरु, कसो गरु अनौठो यो दुविधा
कथा सबको एउटै मात्र फरक हाम्रो भुमिका
[chorus]
दौडिदैछ, उ दौडिदैछ
पुग्नु छ कहाँ उसलाई थाहा छैन
दौडिदैछ, दौडिदैछ
पुग्नु छ कहाँ उसलाई थाहा छैन
[verse 2]
एकान्तमा आज म टोलाउँदै बस्दै छु
आफै सित विभिन्न प्रश्नहरु गर्दै छु
daddy यो गर् mommy त्यो गर् भन्नुहुन्छ
अरूलाई खुसी पार्दा पर्दै दुखी भएछु म त
गन्तव्य बिनाको यात्रा भयो यहाँ जिन्दगी
अरूको बारेमा सोच्दै बित्छ आफ्नो दिन जति
दुःखलाई saleमा राखे, कसैले पो किन्छ कि
नकिने पनि कसैले दुःख बाडी दिन्छ कि?
पश्यतापको भारी आफ्नै टाउको माथि
आशा नै मरेपछि के नै रह्यो र बाँकी?
को नै रह्यो साथी ? भावनाको आँधी
बरु गीतहरु लेख्छु कसैले सुनला कि?
आँखा भएर नि अन्धो, मुख भए नि लाटो म
एती धेरै वर्ष पछि बल्ल होस् आको छ
निरशको जिन्दगीमा हिम्मतको खाँचो छ
जीवन आफ्नै भएपनि अरु सँगै साँचो छ
[chorus]
दौडिदैछ, उ दौडिदैछ
पुग्नु छ कहाँ उसलाई थाहा छैन
दौडिदैछ, दौडिदैछ
पुग्नु छ कहाँ उसलाई थाहा छैन
[verse 3]
के को हतार छ र साथी तिमीलाई?
बाटोमा देखे नि किन गर्छौ नाचिने झैँ?
तिम्रो मुहारको हासो खोइ कता हरायो?
officeबाट घर, घरबाट office आयो
college गयो एउटा डिग्री भित्तामा झुण्डायो
भविष्यको बारे सोच्दा जीवन बाँच्न छुट्यो
यो बाटोमा तिमीलाई जबरजस्ती हिडाइयो
भिन्न थियौ तिमी तर तिमीलाई भीडमा मिसाइयो
चाहिने कुरा बाहेक सब कुरा सिकाइयो
निश्चल तिम्रो आत्मालाई बजारमा बिकाइयो
तिमीलाई चाहिएको केवल अन्तर मनको शान्ति हो
पैसा र खुसीको नाता छैन तिमीलाई थाहा थियो
पिँजडाबाट उम्किने सोच तिमीलाई आथियो
तिम्रा दाइत्वले तिम्रो खुट्टाहरू बाँधियो
परिवार साथीभाइ बीच नराम्ररी बाँडियो
सब सँग नजिकियौ आफै बाट टाढियौ
[chorus]
दौडिदैछ, उ दौडिदैछ
पुग्नु छ कहाँ उसलाई थाहा छैन
दौडिदैछ, दौडिदैछ
पुग्नु छ कहाँ उसलाई थाहा छैन
كلمات أغنية عشوائية
- lim - bordel كلمات أغنية
- mark-almond - busy on the line by كلمات أغنية
- kenan doğulu - shake it up sekerim كلمات أغنية
- papaya nonstop - rise up كلمات أغنية
- rizo rich - gby (god bless you) كلمات أغنية
- pál utcai fiuk - jégkirálynõ كلمات أغنية
- nicky jam - siguen haciendo ruido كلمات أغنية
- eko fresh - stenzgang كلمات أغنية
- steve earle - over yonder (jonathan's song) كلمات أغنية
- tj stafford - fadin' كلمات أغنية