kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

swoopna suman - farki herda كلمات أغنية

Loading...

फर्की हेर्दा आज कहाँ
बिती गएछ मेरो कलिलो बालापन?
बितेका पल सम्झेर आउँदा

भरिदिएछ मेरो रित्तिसकेको मन

साथीभाइ छन् आज मेरो
सबै आफ्नै संसारमा
परिस्थितिले फेरि हामीलाई
भेटाउला जीवनको मोडमा

पाउन त पाएँ धेरै साथहरू
छोडेँ, समाएँ धेरै हातहरू
सँगालेँ मनमा धेरै यादहरू
तोडेँ धेरैको भरोसाहरू

घाम छ कहिले, कहिले पानी
कहिले उकाली, कहिले ओराली
गर्दैमा बित्ने भो जिन्दगी

बित्ने भो जिन्दगी
जिन्दगी, जिन्दगी
जिन्दगी

जिन्दगीको लामो दौडमा
पछि परेछु कहिले, धेरैलाई पछि छाडेछु
प्रियसीको पर्खाइमा
कलिलो मायालाई मेरो मुटुभित्रै मारेछु

सम्झी आउँदा बितेका ती पल
रसाएछन् आँखाहरू
भरिदिए ती सम्झनामा
भावनाले पानाहरू

सँगैका साथी कहाँ छुटिसके
सपना नि मेरा धेरै टुटिसके
आशा यी मनका धेरै झूठा भए
साथमा केवल अब याद रहे

हाँसो छ कहिले, कहिले आँसु
कहिले उकाली, कहिले ओराली
गर्दैमा बित्ने भो जिन्दगी

बित्ने भो जिन्दगी
जिन्दगी, जिन्दगी
जिन्दगी

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...