kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sakshat pant - tara ma dalit كلمات أغنية

Loading...

verse 1:
नमस्ते, म परें दलित, सधैं समाजमा अपहेलित
अधिकार लिन खोज्दा बनि पुगेछु सहिद
शरीरमा श्राप न त हातमा नै विष छ
पानी त छोको हैट केको यत्रो रिस हँ ?

मूर्ति बनाउन लगाई मठको ढोका नै बन्द, अनौंठो सम्बन्ध
पट्टी आँखामा पूरै समाज नै अन्ध
फैलाउने दुर्गन्धले कहिले पाउने दण्ड , विद्रोही जति सब समाजमै छन् त
यस्तै पाराले अन्धविश्वास कहिले हट्छ , आँखा खोली, मनको बोली तँ आफै भन त

बाहिर चुपचाप भित्री गफ मात्र ठुला
दोहोर्याउने समय अब लक्षमीप्रसादका कुरा

chorus:
क्षमा गर समाज तर चुप अब बसिन्न
क्षमा गर समाज तर चुप अब बसिन्न …..

verse 2:
प्रेम गरेमा मृत्यु, हत्या गरेमा सब चुपचाप
एक हैन दुई हैन बिद्रोही पूरै समाज
नाटक हेर्ने नोटंकीहरु छैन कुनै कामकाज

सरासर जातिय विभेद यसमा चाहिने हैन मतभेद
अनेक एक भई lets bring it to an end
गल्ती जातमा हैन सोचमै छ
माया गरे जेल अपराधी सडकमा हिंडिराको छ
गाहा्रो छ, जिउन नै सारो छ, तर आउने सबको पालो छ
नचाहिने कुरामा मात्र सबको चासो भा
कहिलेसम्म झुण्डिनु अब यो पासोमा
अब अति भो , प्रस्ताव हैन यो लडाई हो
अधिकारको चढाइ हो ।
स्वतन्त्रता हामीलाई नि चाहियो

chorus:
क्षमा गर समाज तर चुप अब बसिन्न
क्षमा गर समाज तर चुप अब बसिन्न …..

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...