
pramod kharel - shahid كلمات أغنية
मेरै रगतले देशै भिजेथ्यो
मेरै रगतले देशै भिजेथ्यो
म शहीद भएँ रे, आमा
म शहीद भएको धेरै भयो
मेरो देश उस्तै छ रे, आमा
मेरो देश उस्तै छ रे, आमा
मङ्गल ग्रहमा नेपाल बनाउन कसले पो भन्या थियो र?
मङ्गल ग्रहमा नेपाल बनाउन कसले पो भन्या थियो र?
सुनैसनको छानो सजाउन कसले पो माग्या थियो र?
यहाँ भोको पेटलाई खान देऊ
यहाँ नाङ्गो शरीरलाई ढाकिदेऊ
यहाँ नाङ्गो शरीरलाई ढाकिदेऊ
मेरै रगतले संसार भिजेथ्यो
म महान भएँ रे, आमा
म महान भएको धेरै भयो
मेरो देश उस्तै छ रे, आमा
मेरो देश उस्तै छ रे, आमा
मर्नेहरू फेरि फर्कँदैनन्, बाँच्नेहरू बोल्दैनन्
मर्नेहरू फेरि फर्कँदैनन्, बाँच्नेहरू बोल्दैनन्
तिमीले झण्डा ओढाई आगो लगाउँदा सपना साकार हुँदैनन्
उदाङ्गो झुपडीमा छानो देऊ
यहाँ पाइला अड्याउने माटो देऊ
यहाँ पाइला अड्याउने माटो देऊ
मेरो अन्तिम सासले देह छोडेथ्यो
म सालिक भएँ रे, आमा
म सालिक भएको धेरै भयो
मेरो देश उस्तै छ रे, आमा
मेरो देश उस्तै छ रे, आमा
मेरो देश उस्तै छ रे, आमा
मेरो देश उस्तै छ रे, आमा
كلمات أغنية عشوائية
- glitch gyals - taichichi كلمات أغنية
- the cnk - jim beamed ahnenerbe tv كلمات أغنية
- jagged edge - lay you down (single) كلمات أغنية
- hank williams jr. - i'll think of something كلمات أغنية
- mars red sky - way to rome كلمات أغنية
- marie laforêt - marie douceur, marie colère كلمات أغنية
- león larregui - pérdida total كلمات أغنية
- empty tremor - the eyes of universe كلمات أغنية
- universetheking - i got what they want كلمات أغنية
- rubberen robbie - het ome henne motorlied كلمات أغنية