kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

pramod kharel - anta maya lako bhaya-anta maya كلمات أغنية

Loading...

अन्त माया लाको भए नलुकाऊ भो तिमीले
हो, अन्त माया लाको भए नलुकाऊ भो तिमीले
मेरो जस्तै दिल हो उसको, नदुखाऊ भो तिमीले

नदुखाऊ भो तिमीले

तिमी र म बन्न सक्छौँ बरु असल साथी
चोट पुर्याउनु हुन्न कहिल्यै चोखो माया गर्नेमाथि
चोखो माया गर्नेमाथि

सबलाई दुख्छ काट्यो भने, थाहा हुन्छ ढाँट्यौ भने
हो, सबलाई दुख्छ काट्यो भने, थाहा हुन्छ ढाँट्यौ भने
कति रोला उसको आत्मा तिमीले छोड्न आँट्यौ भने?
कति रोला उसको आत्मा तिमीले छोड्न आँट्यौ भने?

न म खुसी, न ऊ खुसी उसलाई छोडी मलाई रोज्दा
तिम्रै ओठको हाँसो पनि हराउला हाँस्न खोज्दा
तिम्रै ओठको हाँसो पनि हराउला हाँस्न खोज्दा

मायामा नै शङ्का भए जुनी काट्न गाह्रो हुन्छ
हो, मायामा नै शङ्का भए जुनी काट्न गाह्रो हुन्छ
खुसी साट्न सजिलो_हो, दुःख साट्न साह्रो हुन्छ
खुसी साट्न सजिलो_हो, दुःख साट्न साह्रो हुन्छ

तर अरु छैन भने बन्न सक्छौ मेरै
मन पराउँछु म त तिमीलाई, माया गर्छु धेरै_धेरै
मन पराउँछु म त तिमीलाई, माया गर्छु धेरै_धेरै

अन्त माया लाको भए नलुकाऊ भो तिमीले
हो, अन्त माया लाको भए नलुकाऊ भो तिमीले
मेरो जस्तै दिल हो उसको, नदुखाऊ भो तिमीले
नदुखाऊ भो तिमीले

तिमी र म बन्न सक्छौँ बरु असल साथी
चोट पुर्याउनु हुन्न कहिल्यै चोखो माया गर्नेमाथि
चोखो माया गर्नेमाथि

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...