kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

mc flo – sathi le bhancha كلمات اغاني

Loading...

[verse 1]
साथिले भन्छ उसलाई बाच्न पनि पुगि सक्यो
जानलाई उठि सक्यो, मान्नलाई दुखि बस्यो
ऊ भन्न भन्दैन ऊ धेरै पल्ट फुटि सक्को
ऊ जाने थियो तर हिन्ने गाडी छुटि सक्यो

सधै को कामले उसको जवानीनै लुटि सक्यो
कमाउने आशमा छ एक्लोपनमा खुसी सक्दो
बिश्वास छ कसको यहा साथि सबै फाईदा हेर्ने
सोचेर सम्झेर ऊ हरेक पलमा पाईला टेक्ने

सकेन भर्न उसको पेट पनि आफ्नो देशले
नहुदा पैसा आफ्नै मान्छेहरु उसलाई हेप्ने
चाहियो रे घर अनि चाहियो रे गाडी
कहिले न बोल्ने हरु पनि लागोस पछाडी

भन्छ कमाको पैसा पनि रिण तिर्दै ठिक्क
ऊ बस्ने घरमा नि केहि छैन ठिक्क
ईक्षा छन् धेरै ऊ भैसक्यो दिक्क
छैन्न रे आफ्नो कोहि, सब तिर गिध्द

[chorus]
गर्नु छ धेरै कुरा साथिले भन्छ
रहर छ खुसी हुन साथिले भन्छ
जिवन होस अरु जस्तै साथिले भन्छ
साथिले भन्छ मेरो साथिले भन्छ
गर्नु छ धेरै कुरा साथिले भन्छ
रहर छ खुसी हुन साथिले भन्छ
जिवन होस अरु जस्तै साथिले भन्छ
साथिले भन्छ मेरो साथिले भन्छ
[verse 2]
साथिले भन्छ उसलाई बोल्न पनि मन छैन
अनेक छन घाउ तर मुखले कहिले भन्दैन
सुनाउदा भाव उसको स स्तो कथा बन्दै छ
तेसैले चुप छ ऊ कुरा हरु टन्नै छ

छैन रे भर भन्छ बिश्वास गर्न कर तर
सपना ठुलो उसको देख्ने तर मन त छ
पैसाले मान्छे राम्रो सब संग बन्द छ
मेरेर जानु पर्ने मान्छेको जन्म त

मायामा धोका, एक्लो त्यो कोठा
बन्द छ ढोका, बस्या छ सोकमा
बोतललाई खोल्दा, डुब्या छ झोलमा
चुरोटले खोक्दा, छैन रे होसमा

कोहि छैन सुनिदिने बुझिदिने मर्म पनि
लाग्दैन एक थोपा आफु माथि गर्व पनि
गर्न छ धेरै बाकि, छैन रे मनमा शान्ति
बाच्दै छ सबको लागि, मरी मरी जन्म काटी

[chorus]
गर्नु छ धेरै कुरा साथिले भन्छ
रहर छ खुसी हुन साथिले भन्छ
जिवन होस अरु जस्तै साथिले भन्छ
साथिले भन्छ मेरो साथिले भन्छ
गर्नु छ धेरै कुरा साथिले भन्छ
रहर छ खुसी हुन साथिले भन्छ
जिवन होस अरु जस्तै साथिले भन्छ
साथिले भन्छ मेरो साथिले भन्छ
[verse 3]
साथिले भन्छ उसलाई सब संग पुगिसक्यो
एक्लो त्यो रातमा उसको मन झनै दुखि रह्यो
भाग्यलाई थुकि बस्यो एक्लै ऊ रुझी बस्यो
खस्या छ टाउको उसको सोच संगै उडि रह्यो

सब जाना खुसी उसको मन मात्र दुखि कस्तो
आसु नि सुकि सक्यो ठाउ ठाउमा टुक्री सक्यो
गर्ने के ? टेक्नै छोड्यो अघि स्रने पाईला पनि
एक्लो ऊ सधै भरी साथ सबको चाहिदा पनि

बलियो ऊ हेर्दा मात्र चिटिक्कको बाहिर पटि
धमिरा खोक्रो भित्र उसलाई छन खाईरा कति
चर्केको घर अनि घरको के भर छ ?
नया होस सबथोक भन्दा गारो पर्ने खर्च

ऊ गर्न सक्छ तर गर्ने के गर्छ
सोच्छ बेला बेला के के छ आफु संग
साथिले भन्छ उसको मरीसक्यो हर्ष
खोज्दै छ एक्लै बसी जिन्दगीको अर्थ

[chorus]
गर्नु छ धेरै कुरा साथिले भन्छ
रहर छ खुसी हुन साथिले भन्छ
जिवन होस अरु जस्तै साथिले भन्छ
साथिले भन्छ मेरो साथिले भन्छ
गर्नु छ धेरै कुरा साथिले भन्छ
रहर छ खुसी हुन साथिले भन्छ
जिवन होस अरु जस्तै साथिले भन्छ
साथिले भन्छ मेरो साथिले भन्छ

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...