
mc flo - ghar ko maya كلمات أغنية
hook]
“घरको माया, सपना बोकि म अाँए
मेरो चोक, गल्लीहरु छोडी म अाँए”
मेरो साथी भाइ सम्झिन्छु सबैलाई
छोडी आए मायालु जुनि भरि लाई”
[verse 1]
बाध्यताले तान्यो भविस्यको माया
अन्जान शहरमा हेर्छु दाया बाया
सफा छ सबै तर मन मेरो फोहोर छ
टाढा छु घर देखि आफ्नो येहा को छ
सुन्छ यो मन कस्लॆ पोख्नु थियो धेरै
बोल्नु थियो भन्नु थियो गर्नु थियो धेरै
आए म विदेशको नौलो यो ठाउँमा
आसा थियो मन भित्र के के न होला
छ सबै तर येहा पैसा कै पछि
फाइदा कै लागि येहा बनाइन्छ साथी
काम गर्दै अरुको जवानी फाल्दैछु
अरुको देशलाई म झन् राम्रो पार्दैछु
facebook मा फोटो झन् झनै हाल्दैछु
सबैलाई घर तिर मक्ख म पार्दैछु
अब को दशैं मा भेटौला भनि
तर ऋण नली घर जान पुग्दैन money
[hook]
“घरको माया, सपना बोकि म अाँए
मेरो चोक, गल्लीहरु छोडी म अाँए”
मेरो साथी भाइ सम्झिन्छु सबैलाई
छोडी आए मायालु जुनि भरि लाई”
[verse 2]
पैला पैला मलाई आफ्नो देशको मतलब लाग्थेन
जब विदेश आए तब मात्र बुज्न थाले म
आफ्नो भन्या आफ्नो रैछ खुशी पनि आफ्नै मै छ
आफ्नै घरको याद माया निकै लाग्दो रहेछ
अहिले लाग्छ फर्किएर जान पाए हुन्थियो
तर जिम्मेवारीले मलाई नराम्ररी पुर्यो
घरमा फोन गर्दा पैसाको रुख जस्तो गर्छन
तर यहा कति गार्हो छ म कसरी भनुम
साथी भाईलाई पनि मैले नसम्झिनी होइन
सोचछन् होला मैले एता मोज गर्दै बस्छ
तर मेरो दुख मेरो पिडा आफ्नैको नाममा
जान मन हुन्न तै नि जानु पर्छ काममा
राति सुत्दा एक्लै मेरो भिज्ने गर्छ आखा
देखाउदिन कसैलाई पिडा मेरो भागमा
विदेशको जीवन संघर्षमा बाच्दा
अहिले भएन आर्को पालि पाकै आउछु तिहारमा
[hook]
“घरको माया, सपना बोकि म अाँए
मेरो चोक, गल्लीहरु छोडी म अाँए”
मेरो साथी भाइ सम्झिन्छु सबैलाई
छोडी आए मायालु जुनि भरि लाई”
[verse 3]
फेरी आर्को नेपालीले suicide गर्यो रे
लास लग्ने पैसा पनि जम्मा गर्दै हिंड्दै थिए
उराठ लाग्दो नेपालीको बिदेशीदो जीवन
बाहिर जे देखिन्छ हुदैन त्यो भित्र
हो यहा राम्रो खाना हावा अनि पानि छ
तर आफुलाई माया गर्ने छैन कोहि मानिस
रमाइलोको अर्थ भन्दा जाड खादै बस्ने हो
काम छैन अरु मात्र पैसा कमाउने हो
लाग्थेंन मलाई पहिला पैसाको माया
तर एता हुदा रैछन money minded सबै जना
येस्ता नि जिन्दगि मान्छे कि रोबोट
हरेक पैईलामा जादै खादै हिडछन ठोकर
साथी छ बोतल सबै नै पिडित
याद आउछ घर तिर जाने हो एक दिन
खल्ती छ सुक्खा र धेरै छ आशा
सपना पुरा गर्दा म भए आधा
[hook]
“घरको माया, सपना बोकि म अाँए
मेरो चोक, गल्लीहरु छोडी म अाँए”
मेरो साथी भाइ सम्झिन्छु सबैलाई
छोडी आए मायालु जुनि भरि लाई”
كلمات أغنية عشوائية
- wekko - mewing كلمات أغنية
- connor parente - going electric كلمات أغنية
- catervas - quebrar tu alma كلمات أغنية
- mister andrew - heart full of gold كلمات أغنية
- w4xp3n - стэйси (stacy) كلمات أغنية
- kofi (of brown sugar) - looking over love كلمات أغنية
- zemeth - fuck you bitch (remake) كلمات أغنية
- عبير نعمة - saggan - سجان - abeer nehme كلمات أغنية
- kai bosch - funny كلمات أغنية
- y o u n g (rapper) - when the bass drops كلمات أغنية