
binit shrestha - ekal srot كلمات أغنية
एकल स्रोत
एकल स्रोत, तर अनेकौँ इच्छा
काधमा बोकेर सपना सबै पूरा गर्ने इच्छा
काधमा बोकेर सपना सबै बुनेर सक्ने इच्छा
भीडमा त छौ तिमी
भीडमा त छौ तिमी
तर प्रश्न गर, कुन भीडमा छौ
यहाँ त मानवताको कोपिलालाई धूलो सरी
जिम्मेवारी र स्वार्थको पैतालाले कुचिदिन्छ
आखिर बोटबाट टिपेर फालिदिने त्यही आशा त हो
त्यही आशा जुन तिमीले त्यसदिन उदाउन दिएका थियौ
जुनदिन तिमीले आफ्नो वेदना त्यही भिडमा साटासाट गरेऊ
जुनदिन तिमीले आफ्नो वेदना त्यही भिडमा साटासाट गरेऊ
त्यही आशा जुन तिमीले त्यसदिन उदाउन दिएका थियौ
अब बल्ल प्रश्न गर्दैछौ तिमी की म कुन भीडमा छु, किन छु
अब बल्ल अब बल्ल आभास हुँदैछ तिमीलाई,
यहाँ खाल ओढेर बसेका बाघहरू,
खाल ओढेर बसेका स्यालहरु कुरिरहेका छन्
कुरिरहेका छन्, झम्टन तिमीलाई
कुरिरहेका छन्, तिम्रा अंशलाई हत्याउन
एकल स्रोत, तर तिम्रा अंश अनेक छन्
जसको भान ती स्यालहरुले पहिले नै पाए
तर, दुःख नमान, पीडित तिमी मात्र हैन,
उत्पीडनको तातो कोइला तिम्रो छातीमा मात्र परेको हैन
उत्पीडनको तातो कोइला तिम्रो छातीमा मात्र परेको हैन
अब तिमी सोच्दैछौ, जीवनमा को छन् त्यस्ता स्यालहरु
एक नज़र ऐना तिर हेर
ठीक भन्दैछु म
हो ठीक नै बोल्दैछु म
यहाँ कोही निर्दोष छैन,
तर कोही दोषी पनि हैन
हामी सबै कसै न कसैको लागि हो त्यही स्याल पात्र हैनौ भन्न गाह्रो छ
गाह्रो छ, सबैलाई छ गाह्रो
किनकि हामी एउटा यस्तो चक्रव्यूमा फसेका छौं
यस्तो चक्रव्यू, जुनमा हामीलाई हाम्रो चलिचलाउ समाजीकरणले धकेल्यो
बसेर गहिराईमा सोच
आखिर सबैको निष्कर्ष के त?
अन्त्य, मृत्यु, मृत्यु नै त हो
चाहे त्यो मनुष्य होस् या मेरा यी केही शब्दहरु
अन्त्यमा हुनी भनेको अन्त नै हो
अन्त हो एक अध्याय को जसको कुनै औचित्य नै छैन
अन्त हो एक अध्याय को जसको कुनै औचित्य नै छैन
जीवन भ्रम हो, मृत्यु तथ्य
तर यही भ्रममा बाँच्नको लागि संघर्ष गरिरहेका छौँ
हो त्यहि संघर्ष नै तिम्रो एकल स्रोत हो
एकल स्रोत बाँच्ने चाहनाको
एकल स्रोत भित्री खाल ओढ्ने बाहाना को
एकल स्रोत आफ्नो इच्छा पूरा गर्ने चाहनाको
एकल स्रोत अनेकौ चाहना
एकल स्रोत अनेकौं चाहना
अन्त्य नै सत्य हो जीवन त एक बाहाना
अन्त्य नै सत्य हो जीवन त एक बाहाना
शुभ रात्री
كلمات أغنية عشوائية
- casey barnes - this ain't the encore كلمات أغنية
- flowertruck - crying shame كلمات أغنية
- zamdane - foust l'bando كلمات أغنية
- monolithe - coil shaped volutions كلمات أغنية
- jung magin - gang on you كلمات أغنية
- yungsteff - insectophob كلمات أغنية
- charlie allen - gameboy color كلمات أغنية
- shaneil muir - talk truth كلمات أغنية
- charli xcx - beg for you (a.g. cook & vernon of seventeen remix) كلمات أغنية
- kawai sprite - howdy! كلمات أغنية