kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

bartika eam rai - sochchau k mero bare كلمات أغنية

Loading...

( यो हल्ला/ भीड/ झिलिमिली;
यो सबै सक्किन्छ नि? अनि?
सबै सक्किसकेपछि एक्लै बस्दा
के सोच्छौ तिमी? कसको बारे सोच्छौ तिमी?
के मेरो बारे कैले सोच्छौ तिमी? )

नबोलेको धेरै भयो
मनमा सम्झी नै रहे
तिमी एक्लै हुँदा कैले
“सोच्छौ के मेरो बारे?”
के दुख्छ तिम्रो मुटु?
झरीमा म बिना रुझ्दा
महसुस हुन्छ के एक्लोपना
चन्द्रमा नभा’को रातमा ?

तिमी खाली, म खाली
दुई रित्तो आत्माहरु
संसारभरि, वरिपरी
तैरने हो कसो गरि ?
हुन्छ भोलि के?
आज यहि हो
दुनिया त घुमी नै रहन्छ
आउने जुनी मा तिम्रो र मेरो
के संगै लेखेको नाउँ छ?

तिम्रो आवाज अहिले पनि
गुन्जीरहेछ यहि कहिँ
भन्छौ, “सय सालपछिसम्म हुनेछौं साथ हामी”
केही, कति, कसैगरि
मलाई महसुस गर्छौ तिमी
यति नै भरोसा राखी
बाँचीरहेछु म पनि
तिमी खाली, म खाली
दुई रित्तो आत्माहरु
संसारभरि, वरिपरी, तैरने हो कसोगरि ?
सय साल पछि ? सय साल अघि ?
बाँचाहरु बेमतलब रहेछ
रित्तोलाई तैरन कमसेकम एउटा भरि चाहिन्छ

“कस्तो छौ?” सोध्न चाहे
बोली मेरा हराईगए
तिमी एक्लै हुँदा कैले
“सोच्छौ के मेरो बारे?”

तिमी खाली, म खाली
दुई रित्तो आत्माहरु
तिमी खाली, म खाली
दुई रित्तो आत्माहरु

( यो हल्ला/ भीड/ झिलिमिली;
यो सबै सक्किन्छ नि? अनि?
सबै सक्किसकेपछि एक्लै बस्दा
के सोच्छौ तिमी? कसको बारे सोच्छौ तिमी?
के मेरो बारे कैले सोच्छौ तिमी? )

तिमी खाली, म खाली
दुई रित्तो आत्माहरु
तिमी खाली, म खाली
तिमी खाली, म खाली

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...