
balen - aam nepali buwa كلمات أغنية
[verse 1]
घाम झुल्किन्छ म हिड्छु खोज्न परिवार को हासो
खुसी कुल्चिन्छु त्यो स्वार्थ एकमात्र यो धर्म बुझी
यहि हो मेरो कर्म सोची, किलकिले हासोको खोजी
टिलटिले आसुलाइ पुछी, बिहान बेलकाको भुजा रोटि
कार्यालय नै पुजा कोठी, दुई पैसा जोगिने हो कि
त्यही आशामा दौडिन्छु, बेलका सम्मै होमिन्छु
हाकिम हरुको इशारा मा पुगिन्छ कि किनार मा
भौसागर लाई तरेर यहि लेख्याछ निधार मा
केही भएन पढेर चाप्लुसिको संसार मा
सकिँदैन लडेर मनखुशि यो ब्यापार मा
बेइमानी कै चल्दो रैछ, रुखमा पैसा फल्दो रैछ
इमान्दारी बेच्नेको, टाउको मा अरुको टेक्ने को
आफुलाइ मात्र देख्ने को, झुठा कुरा लेख्ने को
बेसहारा लाई हेप्ने को, मैले त्यो सकिन कहिले
समाज नै दुस्मन भो अहिले, छोरा किचकिच गर्छ जहिले
हातहात मा आइफोन छ भन्नुस के दिनुभो तपाइले?
[chorus]
छोरा गर्छ हेला मलाइ केही दिन सकिन रे
बुढी जान्छे मुटु जलाइ लायक श्रीमान होइन रे
हाकिम मलाइ हेप्ने गर्छ थुक्क पाजी भनेर
नेताहरुले छेक्ने गर्छ देउ चन्दा गनेर
छोरा गर्छ हेला मलाइ केही दिन सकिन रे
बुढी जान्छे मुटु जलाइ लायक श्रीमान होइन रे
हाकिम मलाइ हेप्ने गर्छ थुक्क पाजी भनेर
नेताहरुले छेक्ने गर्छ देउ चन्दा गनेर
[verse 2]
छिमेकी को घरमा नया कम्प्युटर ल्याको छ रे
सधै घरमा कक्टेल पार्टी ठूलो सचीव भाको रे
घोर्ले को पकेट मा हात्ती, महँगो घडी लाको रे
हजुरबा को फुल्छ छाती भ्रष्टाचारी भाको ले
छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे
छोरी लाई खेलौना छैन बार्बिडल ल्याइदेउ रे
कहाबाट ल्याउनु छोरी देशको सेवा गर्दैछु
हैन म त्यो घुसखोरी बल्ल पेट भर्दैछु
दिनदिनै म मर्दैछु औला मुख जोड्दा जोड्दै
बिन्ती है म गर्दैछु हाम्रो दिन नि आउला कतै
नानी तिमी नरुनु है अर्को महिना किनिदिन्छु
निन्याउरो चाहिँ नहुनु है यसपालि चाहिँ ऋणि हुन्छु
बुढी मलाइ माफी देउ, चाडै बाला झिकिदिन्छु
तिमी नै त साथी हौ, नरिसाउ किन दुखी हुन्छौ
नानी बाबू सानै छन बुझ्दैनन मेरो भावना
तिमी बुझ्न सक्छौ बिन्ती फकाइ फुलाइ राखन
[chorus]
छोरा गर्छ हेला मलाइ केही दिन सकिन रे
बुढी जान्छे मुटु जलाइ लायक श्रीमान होइन रे
हाकिम मलाइ हेप्ने गर्छ थुक्क पाजी भनेर
नेताहरुले छेक्ने गर्छ देउ चन्दा गनेर
छोरा गर्छ हेला मलाइ केही दिन सकिन रे
बुढी जान्छे मुटु जलाइ लायक श्रीमान होइन रे
हाकिम मलाइ हेप्ने गर्छ थुक्क पाजी भनेर
नेताहरुले छेक्ने गर्छ देउ चन्दा गनेर
[verse 3]
यिनी हरु ठुला हुँदै, घर उहीँ सानै छ
आफन्त हरु आकाश छुदै भर मेरो ज्यानै छ
भित्र मन मेरो रुदै, आँखा सामु चिहानै छ
साझ मेरो ढलिसक्यो, यिनिहरुको बिहानै छ
हौसला यो गलिसक्यो, जोस जागर जलिसक्यो
होस बेगर बरालिदै गन्तब्यको बाटोमा
केही बोल्न सकेको छैन, हैन मूर्ख लाटो म
हेर्न सक्दिन आफ्नै ऐना, इज्जत मिसियो माटोमा
मेरो कुरा बुझ्ने खै त एक्लै उठ्ने हात हु म
लुटेरा को जमात मा छाया नि हुन्न साथ मा
रमाइलो मा संगै दुखमा छोड्ने समाज मा
मन मैलो यो हैन पीडा छ मेरो आवाज मा
कथा नौलो हैन, नसुनाइ बसेको लाज मा
आज म बिन्ती गर्छु, माफी माग्छु बाबू मेरो
माया गर्छ तलाइ धेरै गरिब छ यो बाबु तेरो
स्थिती यो बुझ्दे मेरो बाच्नु पनि छ अप्ठेरो
[chorus]
छोरा गर्छ हेला मलाइ केही दिन सकिन रे
बुढी जान्छे मुटु जलाइ लायक श्रीमान होइन रे
हाकिम मलाइ हेप्ने गर्छ थुक्क पाजी भनेर
नेताहरुले छेक्ने गर्छ देउ चन्दा गनेर
छोरा गर्छ हेला मलाइ केही दिन सकिन रे
बुढी जान्छे मुटु जलाइ लायक श्रीमान होइन रे
हाकिम मलाइ हेप्ने गर्छ थुक्क पाजी भनेर
नेताहरुले छेक्ने गर्छ देउ चन्दा गनेर
كلمات أغنية عشوائية
- raffaella carrà - troppo ragazzina كلمات أغنية
- ana mena & omar montes - como el agua (remix) كلمات أغنية
- julien - buckshot كلمات أغنية
- j.tsunami - lonely booth كلمات أغنية
- leandro martínez - si te vas de mí (acústico) كلمات أغنية
- mayse - nowadays كلمات أغنية
- leandro martínez - todo lo que soñé كلمات أغنية
- metalface - when you look @ me كلمات أغنية
- cheerleader - the quiet life كلمات أغنية
- raffaella carrà - mi vien da piangere كلمات أغنية