kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

anupam sharma - ruka كلمات أغنية

Loading...

रुक! छोड दु:ख ; सम्हाली, संगाली अघि बढाऊँ चाहना
सुख? छोड रुक ; सम्हाली चाहना अघि बढाउ तिमी नै
वाधा तिम्रो भुल, मेरो मनमा फुल, रिसाउँदै काटेका ति सारा दिन भुल
वाधा तिम्रो छोड, मेरो मन नतोड, अनिँदो भई जागेका ति सारा रात जोड
मेरा यो पिरतीलाई सम्हाली, संगाली अघि बढाऊँ चाहना
हो हो, यो पिरतीलाई सम्हाली, संगाली अघि बढाउ तिमी नै

नवरंगी डाँफेको रंग मलाई देऊ
गुराँसको सुवास टिपी ल्याईदेऊ
खुला आकाश, यो घाम_जुन तिम्रै हो
मेरो खुशी_उमंग तिम्रै हो
देऊ कोइलीका सुर; रेशा मधुर_घामका
कोइलीका सुर; रेशा मधुर
अनिंदो भई जागेका ति सारा रात छोड
अब यो पिरतीलाई सम्हाली बेलुनको उँचाईमा पुऱ्याऊ चाहना
यो पिरतीलाई सम्हाली, संगाली अघि बढाऊँ चाहना

वाधा तिम्रो छोड, मेरो मन नमोड, नबोलेरै काटेका ति सारा दिन छोड
वाधा तिम्रो छोड, मेरो मन नमोड, अनिँदो भई जागेका ति सारा रात छोड न त अब

छाति चिरी देखाउँछु, हेर!
तिम्रै नामका छन् अक्षर
पल्लवी, मुना मेरा छोडी आएको छु
आँखामा पालुवा नयाँ, बोकी आएको छु
हो हो हो हो हो
यो पिरतीलाई सम्हाली, संगाली अघि बढाऊँ चाहना
यो सुनको मौसमलाई सम्हाली, संगाली अघि बढाऊँ चाहना
you might also like

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...