
adrian dewan - yeshu ko ritu كلمات أغنية
फर्की आउँदैन समय, ठिकै हो यो
फर्की आउँदैन खोला जो बगिगयो
फर्की आउँदैन समय, ठिकै हो यो
फर्की आउँदैन खोला जो बगिगयो
फर्की आउँदो रैछ तर येशूको ऋतु
धैर्य रहेछ उनको प्रेममा
ए, फर्की आउँदो रैछ तर येशूको ऋतु
धैर्य रहेछ उनको प्रेममा
म जान्छु भन्दा, विवश बनाई रोक्नुहुन्न रैछ
आफ्नो हृदय दुखाईदुखाई जान दिनुहुँदो रैछ
फेरि मेरो अधर्मको चोट सहीसही पनि
म आउने बाटो हेर्नुहुँदो रैछ
फर्की आउँदैन समय, ठिकै हो यो
फर्की आउँदैन खोला जो बगिगयो
फर्की आउँदो रैछ तर येशूको ऋतु
धैर्य रहेछ उनको प्रेममा
ए, फर्की आउँदो रैछ तर येशूको ऋतु
धैर्य रहेछ उनको प्रेममा
म जाँदिन, जान सक्दिन फर्केर फेरि
माफी पाउन अयोग्य छु, लथालिङ्गै छु
भनी सोच्दा, उनी आई सबै भूल क्षमा गरी फेरि
कहिल्यै त्यसलाई नसम्झिँदो रैछ
कसैलाई भनी सुक्दैन भित्रको आँसु
मरुभूमिमा जब लाग्छ, कसरी बाँचूँ?
हिउँ बनी झर्दो रैछ येशूको कृपा
धनी रहेछ उनी प्रेममा
ओ, हिउँ बनी झर्दो रैछ येशूको कृपा
धनी रहेछ उनी प्रेममा
आ_हा, हा_हा
हा_हा, हा, हा…
كلمات أغنية عشوائية
- basslovers united - i can't dance كلمات أغنية
- nick cave the bad seeds - opium tea كلمات أغنية
- wisin y yandel - sexy movimiento (remix) كلمات أغنية
- joe lynn turner - game of rock'n'roll كلمات أغنية
- see spot run - do you wanna be my girlfriend كلمات أغنية
- peter paul mary - le deserteur كلمات أغنية
- calvin russell - this is your world كلمات أغنية
- sundays - when i'm thinking about you كلمات أغنية
- hollies - come down to the shore كلمات أغنية
- le click - show me كلمات أغنية